Hamro Sanchar

आनन्द भैरव माविद्धारा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना

प्रदिप नेपाली प्रकाशित : २०८० भदौ, १ गते


Advertisement

काठमाडौं, भदौ १- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा रहेको श्री आनन्द भैरव माध्यमिक विद्यालयले कक्षा १२ मा उतीर्ण विद्यार्थीको बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । विद्यालयले शुक्रबार नगरप्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि उतीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर थापाको सभाध्यक्ष तथा नगरप्रमुख कार्कीकाे प्रमुख अतिथ्यता, वडाअध्यक्ष भिमसेन थापा, प्रधानाध्यापक सरस्वती थापा कार्की, नगरसभा सदस्य प्रकाश नेपालीलगायतको आतिथ्यमा गरिएको बधाई तथा शुभकामना कार्यक्रममा उतीर्ण विद्यार्थीहरुलाई अबिर, खादा लगाएर सम्मानसहित बधाई दिइएको थियो । भने विद्यालयबाट परीक्षामा सबैभन्दा बढी (३.३१)जिपिए ल्याउने प्रमिला खत्रीलाई नगदसहित सम्मान गरिएको थियो ।

परीक्षामा विद्यालयबाट ४१ जना सहभागी भएका थिए । तीमध्ये ३९ जना विद्यार्थी उत्कृष्ट जिपिएका साथ उतीर्ण भएका थिए ।

कार्यक्रममा बोल्दै प्रमूख अतिथि नगरप्रमुख कार्कीले आफ्नो रुचि चाहनाअनुसार गरे सबै काम सम्पन्न हुने र शिक्षाले मानिसलाई हरेक परिस्थितिमा उत्प्रेरित गर्ने भएकाले शिक्षालाई निरन्तरता दिनुपर्ने बताए । उनले आनन्द भैरव पहिलो प्रयासमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय परिवारलाई बधाई ज्ञापन गर्दै शुभ संकेत गरेको भन्दै खुसी व्यक्त गरे । उनले शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गरेर शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

नगरप्रमुख कार्कीले नगरपालिकाको पहिलो प्राथमिकता शिक्षा भएको र नगरले समग्र बजेटको १८ प्रतिशत रकम शिक्षामा छुट्याएको जानकारी दिए । यस्तै उनले यस बर्ष संस्कारसहितको गुणस्तरीय शिक्षाका लागि ‘संस्कार ल्याव’ संचालन गरिने बताउदै उतीर्ण विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।

कार्यक्रमका अतिथि एवम् विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्कीले विद्यालयले बिहिबार लिएको प्रवेश परीक्षामा सम्मिलित विद्यार्थीहरु मध्येबाट सुष्मा सुनुवारलाई मासिक शुल्कमा १२ महिनाकै निशुल्क, रमेश खत्रीलाई ५० प्रतिशत र सुगम बुढाथोकीलाई २५ प्रतिशत प्रदान गरिएको जानकारी दिइन् ।

कार्यक्रममा अथिति एवम् वडाअध्यक्ष थापाले कठोरता, भावुकता, सरलता, उदारता असल नेतृत्वका गुण भएकाले आफूले ती गुणहरुमा सीमाबद्ध भएर विद्यार्थीको निगरानीमा अहोरात्र खट्ने शिक्षक र त्यसकै जगमा टेकेर उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उज्वल भविष्यको कामनासहित बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रमका सभाअध्यक्ष तथा वि.वि.स. अध्यक्ष थापाले विद्यालयले परीक्षामा ९६ प्रतिशत नजिता ल्याउन सफल भएकाले विद्यालय प्रति थप जिम्मेवार बढेको र अबका दिनमा पनि यो प्रतिफललाई कम्जोर हुन नदिन ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनले विद्यार्थीको उच्च भविष्यको शुभकामना दिँदै कार्यक्रमको समापन गरेका थिए ।

बधाई तथा शुभकामना कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राखिएका थिए ।


प्रतिकृया दिनुहोस्