Skip

Hamro Sanchar

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १७ गते


काठमाडौं, साउन १७- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

पदाधिकारीले केन्द्रीय समितिमा पेश हुने एजेण्डा र प्रतिवेदनहरुलाई अन्तिम रुप दिने बताइएको छ । पदाधिकारी बैठकपछि केन्द्रीय समिति बैठक सुरु हुनेछ ।

केन्द्रीय समिति बैठक बिहान ११ बजे प्रज्ञाभवन कमलादीमा बस्ने तय भएको छ । ५ दिनसम्म सञ्चालन हुने बैठकले संगठनात्मक स्वरूप, आगामी कार्यदिशा, कार्यक्रम, विधान सम्मेलनबारे निर्णय गर्ने माओवादीको भनाइ छ ।


प्रतिकृया दिनुहोस्