
काठमाडौं, साउन ९- काठमाडौं जिल्लाको कागेश्वोरी मनोहरा नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण सुरु गर्ने भएको छ । नयाँ आर्थिक वर्ष २०८०/०८१ सुरु भएसंगै नगरपालिकाले सार्वजनिक सुनवाई कार्यक्रम सुरु गर्न लागेको हो । सार्वजनिक सुनवाई कार्यक्रमको प्रथम संस्करण साउन १० गते अर्थात भोलिबाट डिजीटल प्लाटफम जुम मिटिंङ्ग मार्फत सुरु हुदै छ ।
सार्वजनिक सुनवाई कार्यक्रम प्रत्येक महिनाको पहिलो बुधबार बिहान ७:३० देखि ९ बजे सम्म संचालन हुने कागेश्वोरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचार डटकमलाई जानकारी दिए । कार्यक्रममा नगर प्रमुख, नगर उप-प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नौ वटै वडाका वडा अध्यक्ष तथा शाखा प्रमुखहरुको उपस्थित रहने उनले जानाकारी दिए ।
प्रत्येक महिनाको पहिलो बुधबार आयोजना हुने यस सार्वजनिक सुनवाई कार्यक्रम मार्फत हरेक महिना नगरपालिका, यस अन्तर्गतका शाखा, उपशाखा, नगरपालिका भित्रका नौ वटै वडामा भएका कामहरुको बारेमा नगरवासीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम गर्न लागिएको उनको भनाई छ ।
नगरप्रमुख कार्कीले नगरपालिकाको मासिक सार्वजनिक सुनवाइमा सहभागी भइ आफ्नो अमूल्य सल्लाह प्रदान गर्न नगरवासीलाई अपिल गरेका छन् ।
प्रथम संस्करणको जानकारी:
Platform: Zoom
Meeting link: https://us06web.zoom.us/j/87191082937
Meeting Id: 871 9108 2937
मिती: २०८० साउन १० गते
समय: बिहान ७:३०


















