Skip

Hamro Sanchar

काठमाडौं उपत्यका आसपास भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ७ गते


काठमाडौं, साउन ७- काठमाडौं उपत्यका आसपासमा भारी वर्षा मापन भएको छ ।

पछिल्लो एक घण्टामा नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङ धुनीबेँसीसहितका स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विष्णुमती नदी गोंगबुमा जलसतह बढिरहेको छ ।

विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।


प्रतिकृया दिनुहोस्