Skip

Hamro Sanchar

साँगामा बस दुर्घटना, १० जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ३ गते


भक्तपुर, साउन ३-भक्तपुरको सूर्यविनायक नगरपालिका–१० साँगामा आज भएको बस दुर्घटनामा १० जना घाइते भएका छन् ।

काठमाडौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा ४ ख ९३९६ को काभ्रे–काठमाडौं नगर बस दिउँसो सवा ३ बजेतिर साँगामा दुर्घटना भएको थियो । बस साँगाको पुलमुनि भिरबाट करिब ३० मिटर तल खसेरको थियो । प्रहरीका अनुसार घाइतेहरु सबैको अवस्था सामान्य रहेको र सबैको पहिचान खुलेको छ ।

घाइतेहरु १० जनामध्ये भक्तपुरस्थित इवामुरा अस्पतालमा ३ जना, मध्यपुर अस्पतालमा ६ जना र बनेपास्थित शिर मेमोरियल अस्पतालमा १ जनाको उपचार भइरहेको छ प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुमध्ये बनेपा नगरपालिका–३ की २२ वर्षीया सुस्मिता श्रेष्ठ, बनेपा नगरपालिका–१३ का २० वर्षीय विनय जोशी, बनेपा नगरपालिका–१३ स्थित भैंसेपाटीकी २० वर्षीया दीक्षा तिमिल्सनाको इवामुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका–१ घर भइ काठमाडौंको बसुन्धरा बस्दै आएकी ४४ वर्षीया रीता खत्री, बनेपा नगरपालिकाकी २० वर्षीया रीतिका श्रेष्ठ, बनेपा नगरपालिका–१३ का ५९ वर्षीय अर्जुन खड्का, सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ घर भइ काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय पूर्णबहादुर पार्खिन र सोही पालिका घर भइ भक्तपुर पाण्डुबजार बस्ने ३० वर्षीय सूर्यबहादुर पाख्रिन ९सवारी चालक०को मध्यपुर अस्पतालमा र काभ्रेको खानीखोला गाउँपालिका–१ घर भई बनेपा बस्ने १८ वर्षीय दिपक बिकको शिर मेमोसरयल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्