Skip

Hamro Sanchar

एमालेमा पुन: सक्रिय हुँदै भीम रावल, गरे कार्यकर्ता भेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


काठमाडौँ, साउन २- नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् । गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् ।

अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।

चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका थिए । केन्द्रीय सदस्य पदसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएनन् । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो ।


प्रतिकृया दिनुहोस्