Skip

Hamro Sanchar

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


काठमाडौं, साउन १- एकीकृत समाजवादीको सचिवालय बैठक कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो । शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू भएहो हो ।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ ।

त्यस्तै पार्टीको महाधिवेशनबारे पनि छलफल भएको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

मंगलबारसम्म चल्ने बैठकमा रिक्त रहेको बाग्मती र लुम्बिनी प्रदेश इन्चार्ज पूर्ति गर्ने कार्यसूचीसमेत रहेको छ ।


प्रतिकृया दिनुहोस्