Skip

Hamro Sanchar

मोटरसाइकललाई बसले ठक्कर दिँदा दाइको मृत्यु, भाइ गम्भीर घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १ गते


काठमाडौं, साउन १- कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।

कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८ ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६, भोर्लेटारका २३ विवेक विकको मृत्यु भएको छ भने २० वर्षीय भाइ दीपेन्द्र विक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार दाजु विवेकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

बसका चालक रूपा गाउँपालिकाकै विशाल गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्