Skip

Hamro Sanchar

भौतिक मन्त्री ज्वालाद्वारा नेपाल इन्जिनियरिङ परिषदको भवन उद्घाटन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २२ गते


काठमाडौं, असार २२- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपाल इन्जिनियरिङ्ग परिषदको नवनिर्मित भवन उदघाटन गरेका छन् । नेपाल इन्जिनियरिङ्ग परिषदको ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानिमा २० आना जग्गामा सो भवन निर्माण भएको हो ।

काठमाडौंको मिनभवनमा करिव ११ करोड लगानिमा सो अत्याधुनिक भवन निर्माण गरिएको हो । सो भवन निर्माणका लागि नेपाल इन्जिनियरिङ्ग परिषदले ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत बजेट लगानी गरेका हुन् ।

सो भवन उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले समृद्ध नेपाल निर्माण अभियानमा इन्जिनियरहरुको बिशेष भुमिका रहने बताउदै सबै प्राबिधिक इन्जिनियरहरुलाई जिम्मेवारीपूर्वक आफ्नो काममा लाग्न आग्रह समेत गरे । साथै उनले दक्ष जनशक्ति बिदेश पलायन भैरहेकोले आफुले यसलाई रोक्ने काम गरिरहेको बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई तथा मन्त्रालयका सचिव केशव कुमार शर्माले आफ्नो भनाई राखेका थिए ।


प्रतिकृया दिनुहोस्