
काठमाडौं, असार १८- सरकारले जनमत पार्टीलाई सरकारमा समेट्ने भएको छ । सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा जनमत पार्टीलाई सरकारमा समेट्न सहमति भएको हो ।
तर कुन मन्त्रालय दिने निर्णय नभएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ ।
आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए । त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर राउत नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने समझदारी बनेको हो ।
जनमतले उद्योग र कृषि मन्त्रालयमा दाबी गर्दै आएको छ ।

















