काठमाडौँ, असार ३– आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली जिम्बाबेसंग पराजित भएको छ ।
नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाबेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बाबेका लागि कप्तान इर्भिनले अविजित १२१ र सीन विलियम्सले अविजित १०२ रन बनाए । नेपालका लागि सोमपाल कामी र गुलसन झाले एक विकेट लिए ।