काठमाडौं, जेठ १६- सरकारले विदेशबाट फर्केने यात्रुले कर नतिरी ल्याउन पाउने सुनमा फरक शैली अपनाएको छ । सरकारले लिएको आर्थिक विधयेकले यात्रुले ल्याउने सुनको कर छुटमा लिंगका आधारमा छुटको व्यवस्था गरिएको हो ।
विगतमा विदेशबाट फर्कने यात्रुहरूले ५० ग्रामसम्मको सुनमा कर नतिरे पुग्ने गरेकोमा अब भने यसलाई लिंगको आधारमा कर छुटको व्यवस्था गरिएको छ ।
विदेशबाट फर्किएको पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने छ भने २५ ग्रामसम्मलाई कर छुट दिइएको छ ।
महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ ।