Hamro Sanchar

रेशम चौधरीको रिहाइ : कतै विरोध, कतै उत्सव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १६ गते


Advertisement

काठमाडौं, जेठ १६- गणतन्त्र दिवसको अवसरमा जेलमा रहेका पूर्वसांसद रेशम चौधरीले आममाफी पाएर रिहाई भएसँगै कतै विरोध त कतै उत्सव मनाइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट आममाफी पाएपछि चौधरी निकटले उनलाई स्वागत गर्दै उत्सव मनाएका छन्, भने उनका आलोचक एवं विरोधीहरूले विरोध जनाएका छन् ।

विशेषगरी सत्तारूढ दल निकटकाले विरोध गरेका छैनन् । तर, प्रतिपक्षमा रहेका दल निकटकाले खुलेरै विरोध गरेका छन् ।

नेपाली कांग्रेस नेता धनराज गुरुङले ५ जेठ २०७४ मा समाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरे, ‘टीकापुर घटनालाई राजनीतिको पछ्यौरीले छोपेर छोपिँदैन सरकार । टीकापुर घटनाका अपराधीको मुद्दा फिर्ता लिने निर्णय फिर्ता लिइयोस् सरकार ।’

गुरुङको ट्वीटको सन्दर्भ थियो, ४ जेठ २०७४ मा मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्ले मधेस, थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलनको मान्यता दिँदै ती आन्दोलनमा मुछिएका अभियुक्तको मुद्दा फिर्ता लिने निर्णय लिएको थियो । मुद्दा फिर्तासम्बन्धी प्रस्ताव तयार गर्न कानून मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्