काठमाडौं, बैशाख ७- नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।
शनिबार सम्पन्न संघको दोश्रो केन्द्रीय महाधिवेशनले भवानी पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिमा ३ जना पदेन सदस्यसहित २० सदस्यीय कार्यसमिति बनेको छ । उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् । महाधिवेशनबाट नेपाल डोरीतान संघको केन्द्रीय समितिमा एक जना अध्यक्ष्य, ५ जना उपाध्यक्ष, एक जना महासचिव,एक जना सचिव, एक जना कोषाध्यक्ष र ११ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
अध्यक्ष भवानी पौडेल, सूर्यबहादुर भट्टराई, सुभाव पोख्रेल, राजकुमार आचार्य, भुवनलाल श्रेष्ठ, सैलेज नेपाल उपाध्यक्ष, विमल पौडेल महासचिव, भिनाराज वेल्वासे सचिव, शिव शैजु कोषाध्यक्ष रहेका छन् । केशव ओली, भुवन चक्र जोशी, निश्चलराज शाक्य, आनन्द कुमार यादव, त्रिसना हमाल, नवराज खरेल निर्वाचित भएका छन् । भुवनेश्वोरी पन्त गडेरिया र मनोरथ कुमार शाह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् भने रिन्यौपाने, प्रभु नारायण शिवाकोटी र नयन सिंह खत्री पदेन सदस्य छन् ।
शनिबार नै बसेको डोरीतान संघको नया कार्यसमितिको पहिलो बैठकले २ जना केन्द्रीय सदस्य र ४ जना सल्लाकार चयन गरेको छ ।