Hamro Sanchar

मुलपानी क्रिकेट मैदान सरसफाईमा सहभागिता जनाउन कागेश्वरी मनोहराको आह्वान

प्रदिप नेपाली प्रकाशित : २०८० बैशाख, २ गते


Advertisement

काठमाडौं, बैशाख २- कागेश्वरी मनोहरा नगरपालिकाले मुलपानी क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ । मंगलबारबाट हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप खेल खेलाउन तयार हुँदै गरेको क्रिकेट मैदान सरसफाइ कार्यक्रममा सहभागिता जनाउन नगरपालिकाले सार्वजनिक रुपमा आह्वान गरेको हो ।

मुलपानीमा रहेको क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हेर्ने सपना लामो समयपछि पुरा भएको र नगरपालिकाको मैदानमा एसिसी प्रिमियर कप हुनु नगरबासी तथा देशकै गौरवको बिषय भएकाले भब्य र सभ्य रुपमा सम्पन्न गर्न लागि परेको नगरपालिकाले मैदान सरसफाइमा सहभागिता जनाउन नगरपालिकाले आह्वान गरेको हो ।

सरसफाइ कार्यक्रम नेपाल क्रिकेट संघ र नगरपालिकाको संयुक्त रुपमा हुने बताइएको छ ।

नगरपालिकाको वडा नम्बर-६ स्थित क्रिकेट मैदान तयार हुँदै गरेको मैदान खेल्न योग्य भैसकेको र अब केहि पुननिर्माणका काम मात्र बाँकी रहेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।

मैदानमा बैशाख ५ गते पहिलो अन्तराष्ट्रिय खेलका रुपमा बैशाख ५ गते हङकङ र सिंगापुरबीचको खेल हुदैछ ।

जसमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले पहिलो खेल मलेसियासँग वैशाख ५ मा त्रिवि मैदानमा खेल्नेछ । यस्तै दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा, तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ ।

मुलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनल समेत गरेर ११ खेल आयोजना हुदैछ ।

यो पनि पढ्नुहोस्एसिसी प्रिमियर कप : मुलपानी क्रिकेट मैदानमा निशुल्क प्रवेश गर्न पाइने


प्रतिकृया दिनुहोस्