Skip

Hamro Sanchar

एसईई : नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुगेपछि…

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २० गते


धनुषा । एसईईको आजको परीक्षामा पनि धनुषामा गम्भीर त्रुटि भएको छ । आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानकोको पुगेपछि समस्या भएको हो । जबकी विज्ञानको परीक्षा चैत २२ अर्थात बुधबार हो ।

धनुषाको रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेपछि अहिले त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार खाममा नेपाली लेखिए पनि भित्र भने विज्ञान विषयको प्रश्नपत्र भेटिएको हो ।

यसअघि अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटि भएको थियो ।


प्रतिकृया दिनुहोस्