Skip

Hamro Sanchar

एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा १ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, २० गते


काठमाडौं । पृथ्वी राजमार्गमा एलपी ग्यास लोड गरिएको ट्यांकर पल्टिँदा एक जनाको मृत्यु भएको छ। चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो।

मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा नाम नखुलेको एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


प्रतिकृया दिनुहोस्