Skip

Hamro Sanchar

एमालेले चाहे यो गठबन्धन तोड्न धेरै समय लाग्दैन : विष्णु पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १७ गते


धनगढी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुक अस्थिर राजनीतिको चक्रव्युहमा फसिरहेको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभाका सुरुवाती लक्षण हेर्दा संसद पाँच वर्ष चल्नेमा शंका रहेको पनि बताए । आज कैलालीको धनगढीमा आयोजित पत्रकार भेटघाटमा पौडेलले संसद पाँच वर्ष नचलेर मुलुक मध्यावधि निर्वाचनमा जाने सम्भावना रहेको बताए ।

उनले अहिलेको गठबन्धन भत्काउने, तोड्ने जस्ता खेलमा नलागेको जनाए । तर एमालेले चाहेमा गठबन्धन तोड्न धेरै समय नलाग्ने उनले बताए । उनले भने, ‘अहिले म तिथिमितितिर जान्नँ । मैले यति भनेँ की हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने काममा लागेका छैनौं, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यदि एमालेले त्यो आवश्यक्ता महसुस गर्यो भने केही हप्ताको काम हुन्छ ।’

पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ले एमालेलाई बलियो बनाइरहेको भन्दै पौडेलले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने जिकिर समेत गरे । प्रतिनिधिसभामा एमाले सशक्त प्रतिपक्षको भूमिकामा उभिने पनि उनले बताए ।


प्रतिकृया दिनुहोस्