काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को गठबन्धन बन्दैमा तात्विक फरक नपर्ने बताएका छन्। आइतबार सुर्खेतमा पत्रकारसँग कुरा गर्दै उनले फरक गठबन्धनले फरक पर्ने आफूलाई नलागेको बताए।
ुसत्ताको खेलमा सत्ताको बढी मोह भएका पार्टीहरु लागिरहेका छन्। एकपछि अर्को आयाम सिर्जना हुँदै गइरहेका छन्। फरक परिहाल्छ जस्तो मलाई लाग्दैन। एउटा गठबन्धन बन्छ, अर्को गठबन्धन बन्छ। त्यसमा तात्विक फरक होला जस्तो मलाई लाग्दैन, उनले भने।
उनले वामपन्थीहरु एक ठाउँमा आउने स्थिति नबनेको बताए। तर वामपन्थीहरु एक ठाउँमा आउने हो भने अलि प्रगतिशील नीति, कार्यक्रम लिएर अगाडि बढ्न सकिने सम्भावना मुलुकका सामु रहेको उनको भनाइ छ।