काठमाडौं । नेपाली कोंग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमाथि सुपर प्रधानमन्त्री हुन खोजेको टिप्पणी गरेका छन् । वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अझै प्रतिनिधि सभा सुरक्षित भएको महशुस गर्न नसकेको बताए । उनले भने, ‘अहंकारले देश बन्दैन। अहिलेको परिस्थिती सम्हालिदैन। प्रधानमन्त्री भन्दापनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ति प्रस्तुत गरिएको थियो ।
आज किन सुस्त छ । किन बालुवाटार र बालकोट दौड व्यापक बढेको छरु हामीलाई थाहा छ उहाँ राष्ट्रपति चाहिएको होइन । यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ ।’ उनले ओलीलाई आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको टिप्पणी गरे ।