Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, २३ गते


Advertisement

काठमाडौं । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि ती नेताबीच छलफल भइरहेको बताइएको छ । सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमालेलाई मनाउने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्