Hamro Sanchar

रास्वपाको चेतावनीपछि प्रधानमन्त्रीको प्रतिक्रिया : सल्लाह गर्दैछौँ, गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ माघ, १७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्। पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन्।

हामी सल्लाह गर्दैछौँ, उनले भने, सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ। यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ।’ उनलाई पत्रकारहरुले रवि लामिछानेबारे शुक्रबार सर्वोच्च अदालतले दिएको आदेशबारे पनि जिज्ञासा राखेका थिए।

गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो फैसलाको पूर्णपाठ पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ।’


प्रतिकृया दिनुहोस्