Hamro Sanchar

वामदेवको प्रश्न : गठबन्धन गरेपछि पार्टी किन चाहियो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २९ गते


Advertisement

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गरेका छन् । आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो रु विसं २०७४ को चुनाव र भर्खरै सम्पन्न चुनावमा पनि गठबन्धन गरियो, जसले गर्दा नागरिकले कुन दल र कस्ता एजेन्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।’ उनले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गरेका छन् ।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताएका छन् । उनले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिएका छन् ।


प्रतिकृया दिनुहोस्