काठमाडौं, पुस २७- दलित एकता संजाल कतारकाे मासिक बैठक तथा नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष सन् २०२३ को शुभकामना आदान प्रदान कार्यक्रम अध्यक्ष किरण परियारकाे अध्यक्षतामा गत शुक्रबार कतारकाे सनैयास्थित रेडचिल्लि रेस्टुरेन्टकाे सभाहलमा सम्पन्न भएकाे हो ।
महासचिव क्षितिज किरण गैरेले संचालन गरेको उक्त कार्यक्रममा संजाल कतारकी संरक्षक प्रमुख ईन्दु लावर, संरक्षक प्रेम रसाइली, संरक्षक कृष्ण परियार, सल्लाहकार अर्जुन घिमिरे, सल्लाहकार शालिकराम परियार, सल्लाहकार प्रेम परियार, संजाल कतारका बरिस्ठ उपाध्यक्ष प्रकाश बिस्वकर्मा, उपाध्यक्ष दिपक सुनार, काेषाध्यक्ष मानसिंङ बिस्वकर्मा, सहकाेषाध्यक्ष दिपक बिस्वकर्मा, लुम्बिनी प्रदेस संयाेजक लाेक नेपाली, सदस्य चन्द्रकला परियार, सदस्य मन्जु दर्जी, सदस्य साबित्रा बिक, सदस्य साेमा खाती, सदस्य कृष्ण ताम्राकार, सदस्य दिपक कुमार बिकले शुभकामना तथा आगामी याेजना बारे बिचार राखेका थिए ।
यस्तै संजाल कतारले नेपालमा हुने गरेका जातिय बिभेदका घटना प्रती “बिज्ञप्ती” जारी गर्ने निर्णय गरेकाे छ । भने नेपालमा आर्थिक स्थिति कमजाेर भएका गरिब तथा जेहेन्दार बिधार्थीलाइ छात्रवृत्ति सहयाेग गर्ने उदेश्यले आगामी फेब्रुअरी २४ तारीखमा भाग्यशाली चिठ्ठा कार्यक्रम, बनभाेज तथा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेकाे महासचिव क्षितिज किरण गैरेले हाम्रोसंचारलाई जानकारी दिए ।