काठमाडौं । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले भोलिको प्रतिनिधिसभाको बैठकमा विश्वासको पक्षमा मत दिने निर्णय गरेको सांसद ठाकुर गैरेले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन्।