Hamro Sanchar

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे मेयर बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १९ गते


Advertisement

काठमाडौं, पुस १९- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । मंगलबार मेयर शाहले सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन् ।

निर्वाचन आयोगले मेयर शाह लगायतलाई चुनावी खर्च ढिलो गरी बुझाएको भन्दै जरिवाना तोकेको थियो ।

आयोगले उनलाई ७ लाख ५० हजार जरिवाना तोकेको थियो । यस्तै ७ लाख ५० हजार रुपैयाँ चुनावी खर्च गर्न पाउने भए पनि आफूले ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्रै खर्च भएको विवरण शाहले बुझाएका थिए ।

आयोगले खर्च विवरण नबुझाउने र समयमा नबुझाउने उनीसहित थुप्रै उम्मेदवारहरूलाई जरिवाना गरेको थियो । आफू लगायत आयोगको निर्णयले अन्याय भएको भन्दै उनले निवेदन दिएका हुन् ।


प्रतिकृया दिनुहोस्