Hamro Sanchar

डा.दिनमणि पोखरेल महान्यायाधिवक्तामा नियुक्त हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १२ गते


Advertisement

काठमाडौं । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा। दिनमणि पोखरेल नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शितल निवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।

संवैधानिक कानुनका जानकार पोखरेलले प्रतिलिपि अधिकारका विषयमा विद्यावारिधि गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी उनले सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।

पोखरेलले यसअघि तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका थिए ।


प्रतिकृया दिनुहोस्