काठमाडौं, पुस ९- आफनै भाईवुहारीमाथि यौन प्यास मेटाउन खोज्दा झापाको कन्काई नगरपालिका–४ का ५५ वर्षिय पदमलाल बाँस्तोलाको जिवन लिला समाप्त भएको छ । गत विहिवार हँसियाले हानेर वुहारी रनमायाले पदमलालको हत्या गरेको खुलेको छ ।
इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाईको घरमा वस्दै आएका पदमलालको शव शिबसताक्षी नगरपालिका–१० टेक्रास्थित कनकाई नदीको पूर्वी तटीय क्षेत्रको कासघाँरीमा फेला परेको थियो । मृतकको पहिचान खुलेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा घट्नाको वास्तविक्ता वाहिर आएको हो ।
प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थाहा पाएपछि अनुसन्धानलाई शुक्ष्म रूपमा अघि बढाएको थियो । प्रहरीका अनुसार बाँस्तोला बिहीबार कनकाईको बगरमा भाइ बुहारीसँग घाँस काट्न गएका थिए ।
उनीहरूको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा छ । प्रहरीले अनुसन्धानका लागि भन्दै मृतककी भाइ बुहारी रनमायालाई नियन्त्रणमा लिएर केरकार गरेपछि उनले नै आफुले हत्या गरेको स्विकारेकी छिन् । उनले जेठाजुको हत्या आफैंले गरेको बयान प्रहरीलाई दिइन् ।
‘घाँस काट्न जेठाजु सँगै गएकी थिएँ । १० मुठा जति घाँस काटेपछि जेठाजुले अनैतिक व्यवहार गर्नुभयो’ उनले भनेकी छिन्–‘प्रतिकार गर्ने क्रममा हसिँयाले हान्दा मृत्यु भयो ।’
प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ । आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपाल आज