काठमाडौं, मंसिर १८- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ ।
ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ ।
एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार पाँच सय २९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका माओवादीका उम्मेदवार गंगा कार्कीले १८ हजार पाँच सय पाँच मत ल्याएका छन् ।
पछिल्लो समय कार्कीले सिवाकोटीसँगको मतान्तर घटाउँदै लगेका हुन् । अहिलेसम्म कालिञ्चोक, भीमेश्वर, गौरीशंकर र जिरीको मतगणना सकिएको छ ।
हाल तामाकोसी र वैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, विगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ ।