Hamro Sanchar

उदयपुर १ को मतगणना सुरु गर्न आयोगको निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, १२ गते


Advertisement

उदयपुर । निर्वाचन आयोगले २ दिनयता रोकिएको उदयपुर १ को मतगणना सुरु गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिँदै आयोगले अहिले पठाएको पत्रमा मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको छ ।

साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको छ । प्राप्त पत्रकै आधारमा अहिले गणना सुरु गरिने मतगणनास्थलमा माइकिङ गरिएको छ ।

आयोगको पत्रपछि अहिले सर्वदलीय बैठक बसिरहेको मुख्य निर्वाचन अघिकृत कृष्णप्रसाद सुवेदीले बताए । आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो ।

६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोलिएको हो । त्यसै क्रममा प्रदेश २ को सय मतपत्र भेटिएपछि दलहरूले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन् ।

७६ हजार ७५६ मत खसएको यो क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न । खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने एमालेकी मन्जुकुमारी चौधरिले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्