सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ । जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउतले ६२९ मत ल्याएका छन् ।
त्यस्तै दोस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले १६९ मत ल्याएका छन् । एमालेसँग तालमेल गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने तेस्रो स्थानमा रहेका छन् । करिब १२०० मत गणना हुँदा उनले ५९ मत मात्र प्राप्त गरेका छन् ।
सप्तरी(२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगरसमेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो।