बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका-८ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । गिरिखेल्ने आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचनको विषयमा दुई पक्षबीच झडप भएको हो ।
बुढीगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले पदको दुरुपयोग गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरु झडपमा उत्रिएका एक नेताले जानकारी दिएका छन् । कांग्रेसका ती नेताले नगर प्रमुख बानियाँ घाइते भएका पनि बताए ।
दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । बाजुराका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले हवाई फायर भएको पुष्टि गरेका छन्। उनले दुई पक्षबीच झडप भएपछि मतदान कार्य स्थगित भएको पनि बताएका छन् ।