Skip

Hamro Sanchar

नेता सिंह भन्छन् : शिक्षा, स्वास्थ्य र रोजगारी नै मेरा प्रमुख एजेण्डा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २६ गते


काठमाडौं । कांग्रेस नेता तथा काठमाडौं-१ का उम्मेदवार प्रकाशमान सिंहले यसपटकको चुनावमा शिक्षा, स्वास्थ र रोजगारी आफ्ना प्रमुख अजेण्डा भएको बताएका छन् । ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ चुनावी नारा लिएर प्रचारमा होमिएका सिंहले शनिबारको चुनावी घर दैलोको क्रममा यस्तो बताएका हुन्।

उचित कानुनको निर्माण गरेर रोजगारी सिर्जना गरी देशमा प्राविधिक क्षिक्षालाई जोड दिने उनको भनाइ छ। उनले सामुदायिक विधालयको शिक्षाको गुणस्तरीयतालाई सुधार गर्दै डिजिटलाइजेसन गर्ने वाचा गरे ।

यस्तै नेता सिहंले काठमाडौं क्षेत्रका नदी, नालाको पर्यावरण सुधारमा विगतदेखि गर्दै आएको कामलाई निरन्तर रुपमा अगाडि बढाउने बताए । उनले मतदाताहरु विगतमा आफूले गरेका कामबाट खुसी भएका र यसपटक पानीको समस्याबारे गुनासो गरेकाले त्यसलाई सम्बोधन गर्ने बताए ।


प्रतिकृया दिनुहोस्