Hamro Sanchar

टी-ट्वान्टी विश्वकपमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

२००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।


प्रतिकृया दिनुहोस्