काठमाडौँ, असोज २७– सत्तागठबन्धन छाडेर एमालेसंग गठबन्धन गरेका जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरु पदमुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जसबाट सरकारमा सहभागी चार नेतालाई आज पदमुक्त गरेका हुन् । मन्त्रीबाट पदमुक्त हुनेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
जसपाबाट मन्त्री भएका चार जनालाई पदमुक्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।
त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ।