काठमाडौं, भदौ २३- महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड राशीको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार पुनलाई प्रदान गर्न लागिएको हो ।
नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।
बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई-दुई वर्षमा प्रदान गरिनेछ ।
पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ ।