काठमाडौं, भदौ १९- नेपाली कांग्रेस रौतहट क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरेका मोहम्मद आपलताव आलमलाइ कांग्रेसले टिकट नदिने भएको छ ।
रौतहटबाट सिफारिस आए पनि उम्मेदवार नबनाउने भएको हो ।
जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जलाएको आरोपमा थुनामा रहेका आलमलाई कांग्रेस रौतहट क्षेत्र नं. २ ले प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।
यसअघि रौतहट–२ बाट प्रतिनिधि सभामा निर्वार्चित आलम बम बिस्फोटमा संलग्न रहेको र घाइतेलाई जिउँदै इँटाभट्टामा हालेको आरोपमा पक्राउ परेपछि निलम्बनमा परेका हुन् ।