Hamro Sanchar

केपी ओलीको क्षेत्रबाट हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले उम्मेदवारी दिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १५ गते


Advertisement

काठमाडौँ, भदौ १५- गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले सफलता हासिल गरेसंगै आसन्न संघ र प्रदेशको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारहरु बढ्ने देखिन्छ ।

मंसिर ४ गते संघ र प्रदेशको एकैपटक निर्वाचन गर्ने सरकारले घोषणा गरेसँगै धमाधम उम्मेद्वारी घोषणा समेत हुन थालेको छ । यसैक्रममा अहिलेका चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले उम्मेद्वारी घोषणा गरेका छन् । उनी झापा–५ बाट संघीय निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

अहिलेको उनको सामाजिक संजालमा प्रचार–प्रसार सुरु भइसकेको छ । ‘भद्रगोल’ हास्य टेलिऋंखलाबाट चर्चाको शिखरमा पुगेका ‘जिग्री’ अहिले ‘सक्कीगोनी’ हास्य टेलिऋंखलामा आवद्ध छन् । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।


प्रतिकृया दिनुहोस्