Hamro Sanchar

दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० नयाँ नोट साट्न पाइने, कहिले देखि पाइन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १४ गते


Advertisement

काठमाडौँ, भदौ १५– नेपालीहरुको महान् चाड पर्वहरु विस्तारै सुरु भइसकेका छन् । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ ।

२६ भदौदेखि नयाँ नोट साट्न सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख समेत रहेका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी रहेको छ ।

२० भदौपछि मात्रै कहाँ–कहाँबाट नयाँ नोट साट्न सकिने भनेर सूचना प्रकाशित गर्ने तयारी रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्