जाजरकोट, भदौ १२- जाजरकोटका लोकप्रिय नेता नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य खिम बहादुर सिंह र ०५४ सालको स्थानीय निर्वाचनमा खलंगा गाविस उपाध्यक्षका उम्मेदवार खड्क सुनार एमाले परित्याग गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
विकट जिल्ला जाजरकोटबासीको मुक्ति एमालेबाट असम्भव देखेको भन्दै एकीकृत समाजवादी रोजेको उनिहरुको भनाइ थियो ।
यस्तै समाजवादीले पार्टीको विशेष बैठक सम्पन्न गरेको छ । जिल्ला कमिटी अध्यक्ष कमानसिंह खड्काको अध्यक्षता र पोलिटब्यूरो सदस्य एवम् कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्द्रबहादुर शाहीको साथै केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश कमिटी उपसचिव कृष्ण बिसीको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
बैठकले जाजरकोटबाट प्रतिनिधिसभा र प्रदेशसभा तर्फ उम्मेदवारका नामहरु सर्वसम्मत रुपमा सिफारिस गरेको पार्टीले जनाएको छ ।