Hamro Sanchar

काठमाडौं महानगरले खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न ‘फुड इन्स्पेक्टर’ नियुक्त गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, १२ गते


Advertisement

काठमाडौं, भदौ १२– काठमाडौं महानगरपालिकाले खाद्य वस्तुको गुणस्तर अनुगमन गर्न खाद्य निरीक्षक ‘फुड इन्सपेक्टर’ नियुक्त गर्ने भएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठकले पाँच जना फुड इन्सपेक्टर करारमा लिने निर्णय गरेको हो । उनीहरूले होटल रेस्टुरेन्टमा बन्ने खानेकुरा, तरकारी पसल, मासुको गुणस्तर अनुगमन गर्नेछन् ।

खाद्य प्रविधि विषयमा स्नातकोत्तर पढेका पाँच जना व्यक्ति करारमा लिने महानगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्