आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘मोटु पत्लु’ अब नेपाली भाषामा प्रसारण हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ९ गते


Advertisement

काठमाडौं, भदौ ९– चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।

नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक सुरेश पौडेलले नेपाली लक्षित समूहमाझ कार्यक्रम ल्याउन लागिएको बताए ।

यो टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जनाइएको छ । नेपाली बालदर्शकले पहिलेदेखि नै यो कार्यक्रम हिन्दी भाषामै हेर्दै आएका थिए ।

व्यंग्य र कटाक्ष जनरामा राखिएको यो कार्यक्रमलाई कसमस माया स्टुडियोज् र भायकम–१८ ले निर्माण गरेका हुन् । सुवास कादभ निर्देशित शो विश्वका अन्य भाषाका टेलिभिजन च्यानलमा समेत प्रसारण हुँदै आएको जनाइएको छ ।

पछिल्लो समय नेपाली टेलिभिजनमा विदेशी रियालिटी शो र केही सिरियलका फ्रेन्चाइज प्रसारण हुने क्रम बढिरहेको बेला बालबालिका लक्षित लोकप्रिय कार्यक्रम ‘मोटु पत्लु’ पहिलोपटक प्रसारण हुन लागेको हो ।


प्रतिकृया दिनुहोस्