Skip

Hamro Sanchar

कुवेतमा स्काफोल्डीङबाट खसेर नेपाली श्रमिकको घटनास्थमै मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ७ गते


कुवेत, भदौ ७- कुवेतमा स्काफोल्डीङबाट खसेर एक नेपाली श्रमिकको मृत्यु भएको छ । मृत्यु हुनेमा चौखाबाङ-४ रुकुमका ३३ बर्षिय प्रेम बहादुर खड्का रहेका छन् ।

खड्काको गत अगष्ट १४ तारिख बिहान करिव साँढे ६ बजे स्काफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको हो ।

खड्का काम सुरु गर्दैगर्दा स्काफोल्डीङबाट खसेका थिए ।

मृतक खड्का अल सागर कम्पनिमा बिगत तीन बर्ष पहिले कुवेत आएका थिए । तर उनि पछिल्लो एक बर्षदेखि कम्पनिबाट भागेर अवैधानिक रुपमा कुवेतको मुत्लामा रहेको UECC कम्पनिमा काम गरिरहेका थिए ।

मृतक खड्काका नेपालमा दुई छोरी र एक छोरा रहेका छन् ।


प्रतिकृया दिनुहोस्