Hamro Sanchar

एकीकृत समाजवादीको काठमाडौं जिल्ला अध्यक्षमा श्रेष्ठ चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्लाको अध्यक्षमा एल पि श्रेष्ठ चयन भएका छन् । शनिबार काठमाडौंको नयाँबजारमा सम्पन्न पूर्ण बैठकले श्रेष्ठलाई चयन गरेको हो । यस्तै कमिटीको सचिवमा ध्रुबराज न्यौपाने चयन भएका छन् ।

काठमाडौं जिल्ला कमिटीका निवर्तमान अध्यक्ष कुसुम कुमार कार्की नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य चयन भएकाले श्रेष्ठलाई अध्यक्ष बनाईएको हो । यसअघि श्रेष्ठ काठमाडौं जिल्ला सचिव थिए ।

शंखरापुर नगरपालिकाको साँखु निवासी अध्यक्ष श्रेष्ठ गत बैशाख ३१ गते सम्पन्न स्थानियतहको निर्वाचनमा शंखरापुर नगरपालिकाको प्रमुख पदका उम्मेदवार थिए । उनी राप्रपाका मेयरका उम्मेदवार रमेश नापितसँग ४९८ मतले पराजित भएका थिए ।


प्रतिकृया दिनुहोस्