चितवन, साउन २०– चितवनमा हात्तीको आक्रमणबाट आज (शुक्रबार) एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाँस काट्न जंगल गएकी भरतपुर महानगरपालिका–६ देवनगर की ५१ वर्षीया माया विकको मृत्यु भएको हो । घाँस काट्ने क्रममा विकलाई मध्यन्न १२ बजेको समयमा हात्तीले आक्रमण गरेको थियो । ती महिलासहित १०/११ जनाको टोली घाँस काट्न दक्षिणकाली सामुदायिक वन गएको थियो ।
ईलाका प्रहरी कार्यालय, गीतानगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले मुचुल्काको काम सम्पन्न गरी शव भरतपुर सरकारी अस्पताल पठाएको छ ।