काठमाडौं, साउन १२- अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लुलाई विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएको छ । दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका लुको टोलीलाई विप्लब कार्यकर्ताहरुले गौशालामा कालो झन्डा देखाएका हुन् ।
मन्त्री लु गौशाला हुँदै होटल जाने क्रममा कालो झन्डा देखाएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । एमसीसी, एसपीपी खारेजीको माग राख्दै उनीहरुले कालो झण्डा देखाएका हुन् ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, महासचिव ललित विक, सचिवालय सदस्य तारा सन्जेल, केन्द्रीय सदस्य प्रेम सिजापति, ललित बम र रमेश रावत, भक्तपुर संयोजक अशोक महतरा रहेको सचिवालय सदस्य सुवास जोशीले जानकारी दिए ।