काठमाडौं, साउन ११- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वयमसेवक माग गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग गरेको छ ।
पार्टीले आज निकालेको सूचनामा आठ जना जनसम्पकर्क डेस्क स्वयसेवक मागिएको छ ।
बिहान १० देखि साँझ ६ बजेसम्म उनीहरूले काम गर्नुपर्ने हुन्छ भने समयावधि २ महिना मात्रै रहेको छ ।
यस्तै कम्प्युटर अपरेटर १० जना माग भएको छ । उनीहरूले बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ ।
पार्टीले सोसल मिडिया सहयोगी २० जना माग गरेको छ । उनीहरूले १० बजेदेखि अपरान्ह ५ बजेसम्म काम गर्नुपर्ने र समयावधि २ महिना छ ।
स्वयमसेवा गर्न किन इच्छुक छु भन्ने व्यहोराको साथमा वैयक्तिक विवरण (सिभी) पनि [email protected] मा पठाउन पनि उक्त पार्टीले आग्रह गरेको छ ।