Hamro Sanchar

समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने ओलीको घोषणा

'भीमदत्तलाई काँग्रेसले कहिल्यै शहीद मानेन'

प्रकाशित : २०७९ साउन, ७ गते


Advertisement

काठमाडौं, साउन ७- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने घोषणा गरेका छन् ।

शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे ।

उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरूले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे । अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको आरोप लगाए । उनले भीमदत्त पन्त दगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै उनले कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए ।

ओलीले पुष्पलालको जीवनको चर्चा गर्दै नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि पुर्‍याएको योगदानको चर्चा गरे ।


प्रतिकृया दिनुहोस्