काठमाडौं, साउन ५- कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
उनलाई बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।
स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार उठेर मेयर जितेका शाहीलाई एकीकृत समाजवादी र माओवादी केन्द्रले समर्थन गरेका थिए ।
उनले २९१९ मत ल्याएर निर्वाचित भएका थिए । उनले एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरेका थिए ।
शाही प्रवेश गरेसँगै समाजवादीको स्थानीय तहमा एक सिट बढेको छ ।