Hamro Sanchar

चट्याङ लागेर गाईगोरु चराउन गएका किशोरको मृत्यु

प्रकाशित : २०७९ असार, ३२ गते


दाङ, असार ३२- दाङमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर-१९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङकाअनुसार विकलाई गाईगोरु चराउन गएको समयमा शुक्रवार बेलुकी चट्याङ लागेको थियो ।


प्रतिकृया दिनुहोस्